बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले जबरजस्ती करणी मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतबाट १ बर्ष ४ महिना ६ दिन कैद सजाय तोकिएका ईटहरी १४ का ४२ बर्षीय दुलार चौधरीलाई आज गाउँघरबाट नै पक्राउ गरेको हो । गत बैशाख ३१ गतेको सजाय निर्धारण फैसला आदेशले सो कैद सजाय तोकिएको थियो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उपस्थित गराइ तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।


89 पटक हेरिएको 












