सिरिजङ्गा बनमा चासोक तङ्नाम मनाइदै

 141 पटक हेरिएको

पथरी । सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेमा चासोक तङ्नाम मनाइने भएको आयोजनकले मङ्गलबार पत्रकार सम्मेलन गर्दै वताएको छ ।

किरात याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको संयुक्त आयोजनामा चासोक तङ्नाम मनाइने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए ।
वर्षेनी मनाइने तङ्नाम यस वर्ष (यले तङ्बे ५०८३) पुस ७ गतेदेखि १० गतेसम्म हुदैछ। पुष ७ गते औपचारिक कार्यक्रम सुरु हुनेछ। पुष ९ गते धनुष काँड हान्ने, छेलो, भाले जुधाई, डोरी तान्ने, लङ जम्प लगायतको खेलकुद प्रतियोगिता सञ्चालन हुने आयोजक समितिका सदस्य सचिव लिम्बूले जानकारी दिए ।

चासोक तङ्नामको अवसरमा सिरिजंङ्गा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत हुनेछ । प्रतियोगिताको उपाधि विजेतालाई ६० हजार र उपविजेतालाई ४० हजार नगद, ट्रफी र प्रमाण पत्रहरु प्रदान गरिने आयोजक समितिका सदस्य मणि लुङ्फुङ्वा लिम्बूले बताए । १० टिम सहभागी हुने सिरिजंगा स्मृति खुल्ला भलिबल प्रतियोगिता पुष ७ गतेदेखि पुस ९ गतेसम्म संचालन हुदैछ । पथरी शनिश्चरे-१ निवासी समाजसेवी स्व.जहरमान थलङ लिम्बुको सम्झनामा छोराछोरी (पुर्ण थलङ, अमृत थलङ, सरोस्सता थलङ)ले  दोस्रो पुरस्करको नगद ४० हजार आर्थिक सहयोग प्रदान गरेको छ।

पुस १० गते औपचारिक रुपमा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले चासोक तङ्नामको उद्घघाट्न गर्ने कार्यक्रम छ । सोहि दिन के:लाङ, येवा लाङ, या:लाङ, हाक्पारे, ख्याली, पालाम लगायतका नृत्यहरुको प्रस्तुति रहने सिरिजङ्गा बनका सचिब मानप्रसाद लिम्बुले बताए । सो दिन बिहान भक्तजनहरुबाट पूजाका लागि अक्षेता र भेटि जम्मा गरि सामुदायिक भेटघाट सहित फेदाङ्माहरुबाट पूजाआजा र प्रसाद वितरण गरिने कार्यक्रम छ । साँझ भोइस अफ नेपाल सिजन ४ को फस्ट रनर अप सबिना योङ्गहाङ, गायकहरु रबिन कन्दङ्वा नन्दु गुरुङ, पुष्प राई, दिपा सुहाङ्ग, जगत राई समेतको बेजोड सांगीतिक प्रस्तुतिहरू रहनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार