हल्दिबारी(झापा)। जिल्लाको हल्दिबारी गाउँपालिका-२ पाराखोपीमा हात्तीको आक्रमणबाट एक जना पुरुष मानिसको मृत्यु भएको छ ।
बुधबार बिहान साढे ४ बजे स्थानीय ६० बर्षीय पाठल राजवंशी मर्निङवाक गएकोमा घर देखि अन्दाजि २ सय मिटर पूर्व सडक छेउको झाडीमा जंगली हात्तीले आक्रमणले मृत्यु भएको हो । मृतकको लासलाई पोष्टमापटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


72 पटक हेरिएको 












