जहदा(मोरङ) । जनता समाजबादी पार्टी नेपाल( जसपा) जहदा गाउँपालिका समितिको पुनर्गठन शनिबार गरिएको छ ।
जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षद्वयमा शालो साह, शम्भु यादव, सचिबमा आश नारायण राजबन्शी, उपसचिवमा बिन्दु टुडु र कोषाध्यक्षमा बिजय साह रहेको जनाएको छ । कार्यक्रममा जसपा राजनैतिक सदस्य तथा पूर्व मन्त्री जयराम यादव, केन्द्रिय सदस्य एवं पालिका इन्चार्ज भोगेन्द्र यादव, केन्द्रिय सदस्य सुरेश सिङ् गनगाई,जिल्ला कार्यवाहक अध्यक्ष मन्तलाल यादव, जिल्ला कोषाध्यक्ष बिनिता सिंह, जिल्ला सदस्य कैलाश प्रसाद मण्डल, सदस्य हरि नारायण साह, क्षेत्र ५(२) का अध्यक्ष प्रदीप यादव लगायत को उपस्थिति रहेको थियो ।


103 पटक हेरिएको 












