उर्लाबारी । जनता समाजवादी पार्टी(जसपा)का नेता समशेर लिम्बूसहित ७० जना मङ्गलबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र उर्लाबारीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाका नेता लिम्बूसहित ७० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । लिम्बु नेपाल आदिबासी जनजाति महासंघनग्र समन्वय परिषद् उर्लाबारीको अध्यक्षसमेत हुन् ।
त्यस्तै नेकपा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपाल प्रदेश सदस्य पद छोडेर विजय धिमाल नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । सञ्चार क्लब नेपालको महासचिब भइसकेका उनी धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष हुन् । अन्य प्रवेश गर्नेहरुमा देउमान लिम्बू, शिला लिम्बू, पदमकुमारी लिम्बू, निङ्वा लिम्बू, किरण लिम्बू, सौगात धिमाल, सुरज धिमाल, संजय लिम्बू, अजित धिमाल, दिपेश धिमाल, दिपेन्द्र धिमाल, अमरबहादुर दमाई, जसमाया दमाई, पूर्णबहादुर दर्जी, अस्मिता नेपाली, विपना शिवा, सुमन शिवा, घननारायण श्रेष्ठ, सुरज श्रेष्ठ, यमकुमारी थेवे, दलबहादुर लिम्बू, लक्ष्मी लिम्बू, निङ्रुवा लिम्बू, सञ्जय लिम्बूलगायत रहेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्व सभामुख, मन्त्री तथा प्रदेश सांसद बाबुराम गौतम, केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, मोरङ सह–इन्चार्ज प्रेम मिभकलगायतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।


91 पटक हेरिएको 












