पथरी । लागु औषध तथा दुव्यर्सनी विरुद्ध सचेतनामूलक कार्यक्रम अन्तर्गत कचहरी नाटक ‘मेरो एउटा सपना छ’ प्रस्तुत गरिएको छ ।बिहीवार पथरी शनिश्चरे वडा नं. ३ को सहयोग र शब्द थिएटरको प्रस्तुतिमा लागू औषध दुव्यर्सनी न्युनिकरण सम्वन्धी कचहरी नाटक वडाको विद्यालयहरुमा प्रदर्शन गरिएको हो । वडाका विद्यालयहरू जनता मावि, पेगोडा मोडेल मावि र सामाजिक विद्यालयमा नाटक देखाइएको हो । नाटकका कलाकारहरु सुमन बराल, प्रेम खतिवडा, पुष्प राई, सदिक्षा अधिकारी, मनोज तिम्सिना, संचिना लामा, पारुमा राई, सन्तोष बन्बोले रहेका थिए । लेखन/निर्देशन जीवन बरालको रहेको नाटक संयोजन उर्जा सामुदायिक विकासले गरेको थियो । नाटक हेरिसकेपछि वडाध्यक्ष बिजय लिम्बुले कचहरी नाटकलाई वडामा निरन्तरता दिनुपर्नेमा जोड दिए।


121 पटक हेरिएको 












