पथरी । तमु बौद्ध गुम्बा पथरी शनिश्चरे १ मा छयाप ञ्युङ्ने उपसना मौन व्रत पूजा सुरु भएको छ ।
फागुन १७ गतेदेखि सुरु पूजा फागुन २२ गतेसम्म हुनेछ । पुजामा लामा धर्म गुरु खेन्पो नरेस गुरुङले ञ्युङ्ने विषयमा धर्मदेशना दिने कार्यक्रम छ । फागुन १७ गते ५ बजे भेला, फागुन १८ गते बिहान् ५ बजे शिल ग्रहण गर्ने, फागुन १९ गते मौन व्रत, फागुन २० गते फेरि सोञ्योङ, फागुन २१ गते मौन व्रत र फागुन २२ गते बिहान् ८ बजे व्रत समापन हुनेछ । पूजा तमु बौद्ध गुम्बा सञ्चालक समिति पथरी शनिश्चरे १ को आयोजनामा भइरहेको छ । आयोजक समितिका सदस्य अमृत गुरुङले पूजामा इच्छुक भक्तजनहरुलाई सहभागी भइ पुण्य लाभ आर्जन गर्न हुन अनुरोध गरेका छन् ।


134 पटक हेरिएको 





