मेयर हर्क साम्पाङ्को समर्थन डकेन्द्रलाई

इलाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र  उम्मेदवार डकेन्द्र सि थेगिमलाई समर्थन जनाएका छन् ।

सामाजिक संजालमार्फत इलाम क्षेत्र नम्बर २ का उम्मेदवार थेगिमलाई समर्थन गरेका हुन् । प्रदेश न. पुनः नामाङ्कन संयुत्त संघर्ष समिति सुनसरीका प्रतिनिधिहरु र मेयर सम्पाङ् बिच भेटघाट भएको छ ।
भेटमा इलाम क्षेत्र न. २ को चुनावमा संघर्ष समितिका साझा उमेरद्वार डकेन्द्र सिं थेगिमलाई मेयर हर्क सम्पाङले आधिकारिक रुपमै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको जनता समाजबादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले जनाए  । साम्पाङ्ले यस अघि मिलन योङ्हाङ्लाई समर्थन जनाउने चर्चा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार