सखुवारा । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरुवात गरेको हो। मौलिक संस्कृति तथा बाजाहरुलाई संरक्षण तथा पुस्तान्तरण गर्नको लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताए।


116 पटक हेरिएको 





