दमक । किरात याक्थुङ चुम्लुङ कमल गाउँ शाखाको आयोजनामा यहि जेठ १० गते किरात लिम्बू/याक्थुङ जातिले मनाउँदै आएको उभौली पर्व यकवा तङनाम-५०८३ विशेष पूजाआजा अनुष्ठान सहित मनाउने भएको छ ।
जेठ ७ गते कमल-३ केर्खास्थित एसएम कफिसपमा बसेको गाउँ शाखाको बैठकले सो निर्णय गरेको हो । कियाचु जिल्ला सल्लाहकार सूर्यप्रसाद यक्पान्देन, जिल्ला अध्यक्ष सेसेहाङ फियाक , संरक्षक सदस्य तथा पूर्व जिल्ला सदस्य नरेन हाङ लिम्बू, जिल्ला सदस्य दिव्यकला थेवे नाल्वो, कमल गाउँ शाखा सल्लाहकार बिरेन्द्र याक्थुङबा, समाजसेवी अर्जुन मेन्याङवो लगायतको उपस्थिति रहेको थियो । कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूको अध्यक्षतामा बसेको बैठकले यहि जेठ १० गते बिहान ७ बजे कमल-५ स्थित (सितापरी चौक उत्तरपट्टि) तुम्देन यक्मा सम्पूर्ण लिम्बू/याक्थुङहरु भेला भई याक्वा तङनाम मनाइने कुरा गाउँ शाखाले जनाएको छ ।


161 पटक हेरिएको 












