पथरी । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार गणेश पोख्रेलले आफू अर्गानिक उम्मेद्वार भएको दावी गरेका छन् । शुक्रबार पत्रकारहरुसङ्ग कुरा गर्दै राजनीति पार्टीका उमेद्वारसँग मतदाताको सिधा पहुँच नहुने बताउदै आफू स्थानिय उमेद्वार हुनु नै आफ्नो जितको मुख्य आधार रहेको बताएका छन् । निर्वाचन क्षेत्रको भूगोल, जनता, समस्या सवै बुझेको कारण आफू अन्य उमेद्वार भन्दा प्रभावशाली रहेको उनको तर्क छ ।
पोख्रेलले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन पहल गर्ने आफ्नो घोेषणा पत्रमा उल्लेख गरेका छन् ।
उनले निर्वाचन क्षेत्र भित्र रहेका पालीकाहरुमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गरी विराटनगर / धरान जस्ता ठूला सहर जानुपर्ने वाध्यता अन्त्य गर्ने, अभिवाकहरुको बोर्डिङमा हुने खर्चलाई न्यूनीकरण गर्न सामदायिक विद्यालयहरुको पठनपाठन चुस्तदुरुस्त बनाउने, यस अघि बनेका सडकका दुरावस्थालाई मध्यनजर गर्दै अन्तराष्ट्रीय मापदण्ड अनुसार निर्माण गर्ने लगायतको प्रतिबद्धता उल्लेख गरेका छन् । उनले युवाहरुमा हुने दुर्व्यसनिलाई न्यूनीकरण गर्दै प्राविधीक ज्ञानमा दक्षता हासिल गराई आत्मनिभर बनाउन पहल गर्ने योजना सुनाए ।
आफू जे हो त्यही बोल्ने र झुट नबोल्ने उम्मेद्वार भएकोले मतदाताले आफूलाई विश्वास गर्नुपर्ने उनको तर्क छ । 


114 पटक हेरिएको 












