पथरी । काङ्ग्रेस निकट नेपाल महिला संघले पथरी शनिश्चरे वडा नं १० मा वडा कार्यसमिति गठन गरेको छ ।
आइतवार वडा सदस्यको उम्मेद्वार समेत भएकी इन्द्रकुमारी लिम्बुको सभापतित्वमा नया कार्यसमिति चयन भएको हो । संघकी क्षेत्रीय सभापति मन्जु रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम क्षेत्रीय सचिव अस्मिता सुवेदीले सञ्चालन गरेकी थिइन् । क्षेत्रीय प्रतिनिधि वीर वहादुर बस्नेत, वडा सभापति प्रकाश अधिकारी, मनु पुर्कुटी, तुलसा याख्खा, कविता पराजुलीलगायतले शुभकामना मन्तव्य राखे को कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति प्रकाश अधिकारी, वडा सचिव प्रेम केडी, उत्तर लिम्बु लगायतको उपस्थिति रहेको थियो ।


202 पटक हेरिएको 




