विराट राजवंशी शिक्षक समितिले शुभकामना आदानप्रदान कार्यक्रम गऱ्यो

राजेश कुमार राजवंशी
बिराटनगर । बिराट राजवंशी समाज उत्थान समिति र
बिराट शिक्षक तथा कर्मचारी समिति बिराटनगर मोरङले वडा दशै शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान गरेको छ।
आज कटहरी वडा नम्बर १ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै  शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रमको वक्ताहरुले बिराट राजवंशीमा अहिले पनि शिक्षा र जनचेतनाको कमी रहेकोले यसलाई सुधार गर्दै जानु पर्नेमा जोड दिएका छन् । वक्ताहरुले अब आउने दिनमा बिराट राजवंशी समाजलाई जनचेतना मुलक शिक्षा प्रदान गरि राज्यको रहेक निर्णायक तह सम्म पुऱ्याउनु पर्ने बताएका छन्।
कार्यक्रमको प्रमुख अथिती बिराट राजवंशी समाज उत्थान समिति केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले वडा दशै, दीपावली र छठ पर्वको शुभकामना ब्यक्त गर्दै बिराट राजवंशी समाजलाई अगाडि बढाउन कुनै कसर न छोडने बताए । राजवंशी समाज उत्थान समितिका उपाध्यक्ष प्रदिप विस्वास राजवंशी , सचिव बानेश्वर राजवंशी , सदस्य सत्यनारायण राजवंशी लगायत वक्ताहरुले दशै, दीपवली र छठ पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका छन् यो। विशिष्ट अथिती कटहरी गा. पा . वडा न १ वडा अध्यक्ष हरिनारायण राजवंशीले सत्य माथि बिजय असत्यको हार भएको हुनाले हामी शुभ मानेर शुभकामना दिने चलन रहेको बताए । राजवंशी समाज उत्थान समिति मोरङ उपाध्यक्ष देवराज राजवंशीले पनि जिल्लाको तर्फबाट सम्पूर्ण बिराट राजवंशीहरुलाई शुभकामना दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार