बाली वीमा सम्वन्धी अभिमुखीकरण

पथरी । कृषि विकास शाखा पथरी शनिश्चरे नगरपालिकाले वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम वडा नं. १० मा सम्पन्न गरेको छ ।
कार्यपालिका सदस्य एवं वडा सदस्य मिना तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष जीवन खतिवडा रहेका थिए । तालिमको सहजीकरण नगरका कृषि प्राविधिक अधिकृत प्रवेश ढकाल र टिका राईले गरेका थिए । तालिम वडा नं. ९ मा भइसकेको छ भने अन्य वडाहरुमा क्रमशः गरिदै लगिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार