पथरी । सहकारी शाखा पथरी शनिश्चरे नगरपालिकाले दुई वटा सहकारीमा अनुगमन गरेको छ।
आइतबार पथरी शनिश्चरे वडा नं. २ को चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को अनुगमन गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. २ का वडाध्यक्ष नैना राई, नगरका सहकारी शाखा प्रमुख केशवादेवी धमला, आलेप अधिकृत दिपा भुर्तेल लगायतले अनुगमन गर्नुभएको थियो ।
यसैगरी शुक्रबार वडा नं. १ को नव सृजना बचत तथा ऋण सहकारी संस्था लि. को अनुगमन गरिएको थियो । अनुगमन गरिएको सहकारीहरुमा नियमित लेखापरीक्षण भए/नभएको, प्रतिवेदन समयमै पेश गरे नगरेको लगायतको अनुगमन गरिएको हो ।


105 पटक हेरिएको 








