प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि झापाका राईले जित्यो

पथरी । प्रथम प्रदेशस्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि झापाका  विशन राई र देवन राईको जोडीले जितेको छ ।

शनिबार पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले हराएका हुन् । पहिलो सेट कमल र प्रतिकको जोडीले २१–१७ को अन्तरले जितेको थियो । यस्तै दोस्रो सेट विशन र देवानको जोडीले २१–१९ को अन्तर र तेस्रो सेट २१–१८ को अन्तरले जित्दै उपाधि माथि कब्जा जमाएका हुन् । प्रदेशका १४ जिल्लाका ८० जनाले सहभागिता जनाएको प्रतियोगितामा तेस्रो स्थान इटहरीका मन्दिप घले/ जोसेफ ठकुरी र धरानका ज्ञानु लिम्बुको जोडी घोषित भए भने म्यान अफ द म्याच ताप्लेजुङका एन्ड्रेश लिम्बु घोषित भए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र समापन समारोहका प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले वितरण गरिन् ।
पथरी शनिश्चरे ब्याडमिन्टन क्लबका अध्यक्ष सनम मगर (राजकुमार)को अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा नं. २ वडा सदस्य चन्द्रकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार