कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ९२ लाखको संरचना निर्माण कार्य थालिएपछि स्थानीय धिमाल समुदाय आन्दोलित भएका छन् ।
आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थलमा अतिक्रमणको प्रयास भएको भन्दै शनिबार पत्रकार सम्मेलन गर्दै धिमाल समुदाय आन्दोलित भएको वताएका हुन् । सो स्थानमा प्रकृतिक पुजक धिमाल समुदायले वार्षिक रूपमा धार्भिक/सांस्कृतिक कार्य गर्दै आएका छन् । धिमाल समुदायसँग समन्वय नगरी व्यापारिक प्रयोजनको लागि नयाँ संरचनाहरु निर्माण गरेर आफ्नो सांस्कृतिक स्थल कब्जा गर्न खोजेको भन्दै धिमाल जातीय बिकास केन्द्रलगायत सस्थाहरुले विरोध जनाएको छ ।
त्यहाँ नयाँ संरचना निर्माणको लागि डोबहरु खन्न थालेपछि धिमाल समुदायले पुरिदिने र फेरी खन्ने दोहोरी हुन थालेपछि स्थानीय धिमालहरुको जम्मा भएर बस्न थालेका छन् । केहीदिन अघि निर्माण कार्य सुरु गर्न जेसीबिले खाडल (डोब) खनेपछि सुक्रबार (बैशाख १९) स्थानीय धिमाल समुदायले डोब (खाडल) पुरिदिएका थिए । धिमाल समुदायको मुन्दुम, मिथकमा सो स्थल कानि बेराङ शक्तिसाली महिलाको आलिखित कथा आउने गरेको विज्ञप्तिमा उल्लेख छ । धिमाल समुदायसँग समन्वय नगरी निर्माण थालिएपछि आन्दोलनमा उत्रिनु बाध्य भएको उल्लेख छ । आस्थाको केन्द्रको रुपमा स्थिापित सो स्थलमा धम्कुवा गाउँटोलले पूजा गर्दै आएको धिमाल जातीय विकास केन्द्र केन्द्रीय सचिव अजित धिमालले बताए । पत्रकार सम्मेलनमा केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, स्थानीय जन्तलाल धिमाल, राजकुमार धिमाल, नेपाल आदिबासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष भोजवीर माझी, कानेपोखरी गाउँ समिति खुलु राजवंशी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्सद लक्ष्मण चौधरी, स्थानीय डिल्लिप्रकाश चौधरी लगायत उपस्थिति रहेका थिए । पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा अतिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउने धिमाल जातीय विकास केन्द्रका सहअध्यक्ष केदार धिमालले बताए ।
सो स्थलमा टिकट घरलगायत संरचनाको लागि ८२ लाख भन्दा बढीको बजेट सरकारले छुटाएको छ ।


109 पटक हेरिएको 









