दुधे(झापा) ।शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले भाग लिने आयोजकले वताएको छ । विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही रू २५ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १५ हजार प्रदान गरिने छ ।


101 पटक हेरिएको 












