सिरिजङ्गा बनको नवौं साधारणसभा

पथरी । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरी शनिश्चरे १० मोरङको साधारणसभा सम्पन्न भएको छ।
कार्तिक २९ गते शनिबार सस्थाको नवौं सभा सम्पन्न भएको हो । सभामा समूहका सचिब मानप्रसाद लिम्बुले वार्षिक प्रगति प्रतिवेदन, अध्यक्ष डम्बर बहादुर चोङ्बाङ्ले भावी कार्ययोजना प्रतिवेदन, कोषाध्यक्ष इन्द्रकुमारी लिम्बुले आर्थिक प्रतिवेदन र आन्तरिक लेखा समितिका संयोजक धन प्रसाद सावाँले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनहरु सभा छलफलपश्चात् पारित गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार