पथरी । मुन्धुमी मा चुम्लुङ सास्कृतिक बिभाग
पथरी शनिश्चरे मोरङ्को प्रस्तुति रहेको `येले साम्लो सामेती पालाम…´को म्युजिक भिडियो बन्ने भएको छ । दराप पश्चिम सिखिम थेगु पाङ्फे सुखिम होम स्टे(भारत)मा भएको छायांकन सकिएको छ ।
गायिका मिलन लिम्बू आङ्देम्बे र गायक दिलिप माखिमको स्वर रहेको येले साम्लो सामेती पालामको शब्द कर्मिला सेर्मा आङ्देम्बेको रहेको छ । कोरस कर्मिला आङ्देम्बे र चन्द्र फुरुम्बो रहेकोे गीतमा कलकारहरु मिलन लुङ्सुहाङ, मन्जु आङ्बुहाङ तुम्बापो, मिलन लिम्बू, दिलिप माखिम, आयन राई र लाओती याङ्थुङमा देख्न सकिनेछ । अशोक थापा (काब्या रेकर्ड्स दमक) रेकर्डिस्ट रहेको गीतको भिडियोलाई हिकास राईले खिचेको छ ।
त्यस्तै याराक्ले मुधाक पालाम….को पनि सुटिङ सकिएको छ । पालाममा मिलन लुङ्सुहाङ, मन्जु लिम्बू, अमल मुरिङ्ला, ममता सुब्बा, शरण सावदेन, जितु सुब्बा, भिम्म माया सुब्बां, धनराज सुब्बा, नन्रता सुब्बा, लिला तुम्बापो, कुमार सुब्बा, बिजय लिम्बूलाई देखिनेछ । सान्तोस तेरापेको शब्द रहेकोे पालाममा सन्चमान ताम्लिङको सङ्गीत रहेको छ ।
रेकडिस्ट सन्तोस सावदेन(आन्जुम स्टुडियो दराप पश्चिम सिकिम)
रहेको पालाममा गायक दिलिप माखिम र गायिका लाओती याक्थुङमाले स्वर भरेका छन् । मिलन लिम्बू आङ्देम्बे र
जगात मुरिङ्लाको कोरसमा गीत तयार पारिएको छ । दुबै पालामलाई आयन राईले निर्माण गरेका हुन् ।


15 पटक हेरिएको 







