पथरी । मोरङको पथरी शनिश्चरे–१ बुद्ध चोकमा रहेको मिलन मोटरसाईकल ग्यारेजमा आगलागी भएको छ।
सोमबार राति करिब १० बजे लागेको आगोले ग्यारेजका दुई वटा कोठा तथा सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि पथरी शनिश्चरे, बेलबारी, कानेपोखरी र उर्लाबारीका दमकल परिचालन गरिएको थियो । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीको कारण र क्षतिको यकिन विवरण खुलेको छैन। घटनामा ग्यारेज सञ्चालक मिलन परियार सामान्य रूपमा घाइते भएका छन् र उनलाई उपचारका लागि विराटनगर लगिएको छ।


14 पटक हेरिएको 







