पाइलट प्रोजेक्टमार्फत भूमि समस्या समाधान गरौं: सांसद कार्की

पथरी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले प्रधानमन्त्री बालेन शाहसमक्ष एक प्रस्ताव राखेका छन् ।

आज प्रधानमन्त्री शाहसमक्ष मोरङ ३ को प्रतिनिधित्व गर्दै मोरङ ३ का लागि प्रधानमन्त्री समक्ष प्रस्ताव गरेको कार्कीले जानकारी गराए । उनले भनेका छन्, “मोरङ ३ मा भूमिको समस्या साह्रै कच्पल्टिएको छ । मोरङ ३ मा पाइलट प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेर पहिले त्यहाँको समस्या समाधान गरौँ र त्यही सिकाइलाई देशभर प्रयोग गरौँ ।”

चुनाव अगाडि भनेका कुरा मै अडिने, माग पुरा गर्न लागिरहने बताउदै कार्कीले  नजिक रहेर साथ दिन पनि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार