पथरी । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरेमा निःशुल्क योग शिविरको बुधबार उद्घाटन भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को आयोजनामा लामाटोलीमा वैशाख २ गतेदेखि ७ गतेसम्म निःशुल्क योग शिविर सञ्चालन हुनेछ । योग शिविरको उद्घाटनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगरका स्वास्थ्य अधिकृत जगत प्रसाद मगरले योगको विषयमा आ–आफ्ना भनाइहरु राखेका छन् । कार्यक्रममा वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


56 पटक हेरिएको 







