साङधुङगे सेरेङ केदेम वंशावली पुस्तक विमोचन

धरान(सुनसरी) । साङधुङगे सेरेङ केदेम वंशावली पुस्तक विमोचन तथा केदेम समाजको साधारण सभा सम्पन्न भएको छ । गत शनिबार सुनसरीको धरान नगरपालिका वडा नं. ८ स्थित लाङघाली सामुदायिक भवनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

साङधुङगे सेरेङ सङजुम्भोको अध्यक्ष तथा साहित्यकार सेसेमी से नाल्बोको प्रमुख आतिथ्यमा सम्पन्न पुस्तक विमोचन तथा साधारण सभा केदेम समाजका केन्द्रीय अध्यक्ष कृष्ण केदेमको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा वशांवली माथि डा. कमल तिगेला र उत्तम लिङ्थेपले समिक्षात्मक टिप्पणी गरेका थिए । सेरेङ वंशका प्रतिनिधिहरु, केदेम वंशका तुम्याहाङहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा केदेम वंशावली प्रकाशन र केदेमहरुको पुर्खौली घडेरी जग्गा खरिदमा सहयोग गर्ने सबैलाई धन्यवाद पत्रले सम्मान समेत गरिएको थियो । विमोचित केदेम वंशावली दोस्रो संस्करण रहेको छ । भने, पहिलो संस्करण २०६३ सालमा प्रकाशन गरिएको थियो ।
समाजका सह सचिव फिपहाङ केदेम र केदेम समाज सुनसरी शाखा सचिव रबिन्द्र केदेमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष सुकमान केदेमले राखेका थिए ।

वंशावलीको संक्षिप्त चर्चा
केदेम वंशावलीमा ब्रमाण्डको सृष्टि र मानव उत्पतिलाई धार्मिक, दार्शनिक र भौतिकवादी दृष्टिकोणबाट विश्लेषण गरिएको छ । भने, किरात वंशको विषयमा पनि यस पुस्तकका चर्चा गरिएको छ ।

त्यसैगरी याक्थुङ लिम्बू र लिम्बुवान, लिम्बुवान कसरी नेपालमा विलय भए र लिम्बुवानप्रति राज्यको व्यवहार कस्तो रहेको छ भन्ने विषयमा पनि चर्चा गरिएको छ । भने मिक्वाखोलाका याक्थुङ लिम्बूहरु र केदेम वंशको विषयमा चर्चा गर्दै केदेम वंशवृक्षलाई यस पुस्तकमा समावेश गरिएको छ ।

सो वंशावली पुस्तक सामुहिक लेखनमा आधारित छ । पुस्तक लेखनमा कृष्ण केदेम, ज्ञानु केदेम, खडग केदेम, मंगलसिं केदेम, अग्नीप्रसाद केदेम, भव केदेम, लोकमणि केदेम, रामकुमार केदेम, भरत केदेम रहेका छन् । भने, सम्पादनमा कृष्ण केदेम, मंगलसिं केदेम, खडग केदेम, रबिन्द्र केदेम र ज्ञानु केदेम रहेका छन् ।

वंशावली वंशवृक्ष संकलनका लागि चैतन्यप्रकाश केदेम, भिमबहादुर केदेम, सुखधोज केदेम, सुखमान केदेम, रविन्द्र केदेम, रविन्द्र केदेम, धनबहादुर केदेम, रामकुमार केदेम, पूर्णसिङ केदेम, खड्ग केदेम, चन्द्रमणि केदेम, विष्णुचरण केदेम, राजेन्द्र केदेम, रामकुमार केदेम, विनोद केदेम, भव केदेम, अग्नी केदेम, फिपहाङ केदेम, ज्ञानु केदेम, उज्वलधोज केदेम लगायतले सामग्री संकलन गरेको थियो ।

वंशावली प्रकाशन समिति केदेम समाजका केन्द्रीय समितिहरुमा अध्यक्ष कृष्ण केदेम, उपाध्यक्ष सुखमान केदेम र सुस्मिता केदेम, सचिव विष्णुचरण केदेम, उप सचिव लोकमणि केदेम, फिपहाङ केदेम, कोषाध्यक्ष खड्ग केदेम रहेका छन् । समितिको सदस्यहरुमा देबेन्द्र केदेम, बुधरानी केदेम, चन्द्रप्रकाश केदेम, रबिन्द्र केदेम, देउप्रकाश केदेम, प्रेममाया केदेम, सुखधोज केदेम, विमला केदेम, विर्सिला केदेम, रेनुका केदेम, चित्रकला माबो केदेम, पूर्णसिंह केदेम, निरु केदेम, राजेन्द्र केदेम रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार