स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया

पथरी ।  पशुपंक्षी तथा मत्स्य विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया गोष्ठी तथा समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार नगर पशु अस्पताल(पथरी शनिश्चरे-३)मा भएको कार्यक्रममा स्थानीय प्राइभेट पारामेट प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुले मन्तव्य राखे । नगर अस्पतालका पशु चिकित्सक डा. आशिष देवको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्यहरु, नगरका पशुपंक्षी तथा मत्स्य विकास शाखाका कर्मचारीहरु र वडावासीहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार