पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ ले निःशुल्क योग शिविर आजदेखि सुरु गरेको छ।
वडा नं. ७ को लामाटोलीमा अवस्थित गुम्बामा निःशुल्क योग शिविरको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।
‘योग गरौं, निरोगी बनौं’ भन्ने मूल नाराका साथ सुरु भएको शिविरमा वडा नं. ७ का वध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, वडाका जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी तुलसीराम अर्याल, नगरपालिकाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । सो निःशुल्क योग शिविरको प्रशिक्षण गोमा दाहालले गर्नेछिन।


12 पटक हेरिएको 












