वडामा नागरिक सुनवाई

पथरी । इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका वडा नं. ७  को कार्यालयमा एक दिने नागरिक सुनवाई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।
शुक्रबार वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले सामाजिक विकृतिका घटनाहरु बढ्दै गई रहेको घटनाहरुमा कमी ल्याउने उद्देश्यले सुनुवाइ गरेको बताए। कार्यक्रममा नागरिकहरूका, राय, सुझाव र सल्लाह लिएको थियो । कार्यक्रममा  पथरी शनिश्चरे नगरपालिकाकी उप-प्रमुख देवी माया काफ्ले, पथरी शनिश्चरे नगरपालिकाको सहायक प्रशासकीय अधिकृत पिताम्वर वस्ती, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार