पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले हाम्रो मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
शुक्रबार पथरी शनिश्चरे वडा नं. २ को होटल साल्पामा आयोजित पालाम भिडियो सार्वजानिक कार्यक्रममा सो कुरा बताएका हुन् । मुन्धुमी मा चुम्लुङ साँस्कृतिक विभाग पथरी शनिश्चरेले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले भने–‘हामी सबैले आफ्नो संस्कार संस्कृतिको जगेर्ना गरिरहेका छौं, आज यो भिडियोहरु सार्वजानिक हुँदा म अत्यन्त खुशी छु, यहाँ प्रस्तुत भएका हाम्रा मौलिक कुराहरुले मलाई छोएको छ अतः हामी सबैले आ–आफ्नो संस्कार संस्कृति र भेषभुषाको जगेर्ना गर्दै लानुपर्छ ।’
कार्यक्रममा अन्तर्राष्ट्रिय येले साम्लो नाइसुम ५०८६ का विजेता मिलन लिम्बु तथा उपविजेता दिलिप माखिम लाओती याक्थुङद्वारा प्रस्तुत दुई वटा पालाम गीत ‘सिकिम्बा तरेबा’ र ‘याराकले मुधाक’ सार्वजनिक गरिएको थियो । सो अवसरमा कलाकार र प्राविधिकहरुलाई सम्मान पनि गरिएको थियो ।


11 पटक हेरिएको 












