उर्लाबारीमा प्रेस स्वतन्त्रता दिवस मनाइयो

उर्लाबारी । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उर्लाबारीमा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

सञ्चार क्लब नेपाल, उर्लाबारी मोरङको आयोजनामा कार्यक्रम गरिएको हो। क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रममा सहभागी पत्रकारहरूले सञ्चारकर्मीहरू सधैं प्रतिपक्षी भूमिकामा रहने भए पनि उनीहरूको व्यावसायिक सुरक्षा अझै कमजोर रहेको गुनासो गरेका थिए। साथै, सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै प्रेसमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
अन्तरक्रियामा सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष डीपी खतिवडा, पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, अनलाइन टिभी पत्रकार संघ कोशी प्रदेश अध्यक्ष किशोर श्रेष्ठ, धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमाल, नेपाल पत्रकार महासंघ मोरङका पूर्व उपाध्यक्ष मोहन भट्टराई तथा आप्रवासी श्रमिक सञ्जाल उर्लाबारीका अध्यक्ष सन्तोष दहाललगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार