राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम सञ्चालन भइरहेको छ ।

वैशाख १५ गतेदेखि नगरपालिकाका १० वटै वडामा राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रम सञ्चालन भइरहेको हो । नगरका ४७ वटा टोलमा १ सय ३८ जना स्वास्थ्यकर्मी खटाई ३ हजार ७ सय ८६ जना बालबालिका तथा सुनौलो एक हजार दिनका आमाहरूमा कुपोषण सम्बन्धी स्क्रिनिङ सञ्चालन भइरहेको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार