सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले आफ्नो वडाका नागरिकहरूको घरमा घरदैलो कार्यक्रम मार्फत सेवा प्रबाह गर्ने भएको छ ।
वडाध्यक्ष नवीन कार्कीका अनुसार जेठ ११ गतेदेखि २१ गतेसम्म वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु घरदैलो कार्यक्रममा जाने वताइएको छ । सो क्रममा सबै परिवारको पारिवारिक कार्ड नयाँ वितरण गर्ने, ब्यक्तिगत घटनाहरु जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता गर्न छुटेकाहरुको घटना दर्ता गर्ने, विद्यालय उमेर समूहका बालबालिकाको डाटा लिने, स्वास्थ्यकर्मीहरु मार्फत स्वास्थ्य परीक्षण गराइने, ताजा जनगणना तथा घर संख्याको तथ्यांक लिने, सुझाब तथा गुनासो सुन्ने आदि काम हुनेछ । घरदैलोको क्रममा वडाले हालसम्म भएको कामको विवरण पनि प्रत्येक घरघरमा पुर्याउने जनाएको छ ।
वडा नं. ८ ले यश अघि नै ‘वडादेखि ढोकासम्म होम डेलिभरी सर्भिस’ समेत सुरु गरी संचालनमा राखेको छ । जस अन्तर्गत संभावतः नेपाल कै पहिलो पटक सेवाहरु होम डेलिभरी भइरहेको छ । निर्वाचनको समयमा मात्रै नभएर वडाका जनप्रतिनिधिहरुले महिनाको अन्तिम शनिबार भेटघाट गर्न ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत् पनि घरदैलो गरिरहेका छन् ।


7 पटक हेरिएको 












