युमा साम्यो महासभा आसफोर्ड फोल्कस्टोन शाखा समिति गठन

१० तारिख २०२६ तदानुसार बि.स. २०८३ बैशाख २७ गते आइतबारका दिन युमा साम्यो महासभा आसफोर्ड फोल्कस्टोन साखा समिति गठन भएको छ । बेलायत स्थित फोल्कस्टोन नेपाली कम्युनिटी भवनमा सम्पन्न भेलाबाट प्रकाश सिरेङ चङबाङको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति बनेको छ । सो युमा साम्यो समितिका उपाध्यक्षदयमा रितु नाल्बो मादेन, बुधरानी थलङ सावा, सचिवमा भगवती थलङ आङ्बुहाङ, सह–सचिपजरमा सुमन केदेम, कोषाध्यक्षमा जितमाया थलङ, सह–कोषाध्यक्षमा काजिमान फेम्बु, सांस्कृतिक सचिवमा कमलधोज अन्छङ्बो, सांस्कृतिक सह–सचिवमा पवित्रा लिङ्खिम, सञ्चार सचिवमा दिनेस लिङ्खिम सञ्चार सह–सचिवमा आइन्द्र सावा छन । सदस्यहरुमा हेमराज लाबुङ, चन्द्र आइङ्बुङ, बलराम पाताङ्बा, कुल थाम्सोहाङ, अजाहाङ साम्बाहाङ्फे, राजन वनेम, केसप नाल्बो, पुनाहाङ मादेन, चन्द्र प्रकाश चोङ्बाङ, याम लिङ्खिम, सशिकला चोङ्बाङ, बेदना चोङ्बाङ, बाबा केदेम, सोम बहादुर थेबे, युगल मादेन, प्रिति मादेन, तिलवीर खवाहाङ, नर कुमारी मादेन पालुङ्वा, ललित खोयाहाङ, दिल कुमारी येङ्देन, बाल कुमार केदेम निर्बाचित भएका छन । त्यसका साथै आस्फोर्ड–फोल्कस्टन एरिया सचिव लाङहाङ थलङ र लण्डन एरिया सचिव योबाहाङ तुम्पाङफेलाई चयन गरेको छ । युमा साम्यो लण्डन शाखा समिति विस्तारको लागि योवाहाङलाई जिम्मेवारी दिइएको छ । सो कार्यक्रमको अध्यक्षता बेलायती सेनामा लामो समय सेवा गरेर अवकास प्राप्त क्याप्टेन खड्ग प्रसाद वनेमले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि युमा साम्यो महासभा युकेका केन्द्रीय अध्यक्ष दिल पालुङ्वा थिए । कार्यक्रम सुरु हुनु अघि युमा साम्यो केलाङ समूहले कार्यक्रमको प्रमुख अतिथिलाई आकर्षक केलाङ प्रस्तुतिसहित च्याब्रुङ बजाएर र्याली गर्दै भब्य स्वागत गरेको थियो । युमा साम्योका अभियन्ता नरेन्द्र माबोहाङले सन्चालन गरेका कार्यक्रममा युके स्थित युमा धर्मका धर्म गुरुद्वय येबा तेज बहादुर ताप्मादेन र येबा दल बहादुर फुरुम्बोले तागेरा निङ्वा फुमा युमा माङ सङ बलशक्ती तथा आप्लुङ ताङ्सेप माग्नुका साथै सभाहल र सभाहलमा उपस्थित सबैलाई येत्चिरी येतवाखेङ च्वाले पबित्र तथा सुद्द गर्नु भएको थियो । पानसको दियो बालेर च्याब्रुङ बजाउँदै प्रमुख अतिथि दिल पालुङ्वाले कार्यक्रमको समुदघाटन गरे । याक्थुङ्बा र याक्थुङ्माहरुको उल्लेखनीय सहभागिता रहेको सो भेला सम्पन्न गर्न युमा साम्यो युकेका अभियन्ता तथा सल्लाहकारहरु नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, कमलधोज अन्छङबो लगायत अन्य अभियन्ताहरुको ठूलो योगदान थियो भने कार्य समिति निर्माण गर्न खड्ग प्रसाद वनेम, लोकन्द्र तबेबुङ र नरेन्द्र माबोहाङले महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा येबा तेज बहादुर ताप्मादेनले युमा धर्म नै याक्थुङ्हरुको जातीय धर्म भएको र युमा धर्म ब्यक्ति केन्दित धर्म नभएर परलौकिक इश्वर प्रतिको आस्था र मानव कल्याण केन्द्रित भएको बताए । कार्यक्रमका प्रमुख अतिथि दिल पालुङ्वाले युमा साम्यो याक्थुङहरुको प्राचीन समयदेखिको धर्म भएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार