राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रमको अनुगमन

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखा जोखा कार्यक्रमको आज अनुगमन गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्रीले नगरका विभिन्न वडाहरुमा सञ्चालन भइरहेको पोषण लेखा जोखा कार्यक्रमको अनुगमन गरेका हुन् ।
पथरी शनिश्चरे नगरपालिकाले मिति २०८३ वैशाख १५ गतेदेखि सञ्चालन गरिरहेको पोषण लेखाजोखा कार्यक्रममा निम्न अनुसारको प्रगति भएको छ : –
१. १ देखि १० वटै वडामा जम्मा पोषणको लेखाजोखा गर्नुपर्ने लक्ष्य लिएको बच्चा संख्या ३,७८६ जना ।
२. मिति २०८३ साल वैशाखको महिना २७ गतेसम्म पोशन लेखाजोखा भएका सहभागी भएका जम्मा बच्चा संख्या १९८० ।
३. मिति २०८३ साल वैशाखको महिना २७ गतेसम्म पोशन लेखाजोखामा सहभागी भएका जम्मा बच्चा संख्या १९८० मध्ये सामान्यमा रहेका बच्चाको संख्या १९३० जना ।
४. मिति २०८३ साल वैशाखको महिना २७ गतेसम्म पोशण लेखाजोखा भएका सहभागी भएका जम्मा बच्चा संख्ख्या १९८० मध्य मध्यम सिग्र कुपोषण भएका बच्चा संख्या २७ जना ।
५. मिति २०८३ साल वैशाखको महिना २७ गतेसम्म पोशण लेखाजोखा भएका सहभागी भएका जम्मा बच्चा संख्या १९८० मध्य सिघ्र कडा कुपोषण भएका बच्चा संख्या १० जना ।
६. मिति २०८३ साल वैशाखको महिना २७ गतेसम्म पोशण लेखाजोखा भएका सहभागी भएका जम्मा बच्चा संख्या १९८० मध्य उमेर अनुसार बढी तौल भई कुपोषण भएका बच्चा संख्या २२ जना भेटिएको थियो ।
यसैगरी पथरी शनिश्चरे नगरपालिका भरिका सुनौलो १००० दिनका आमा ३५५९ जना लक्ष्य मध्ये हालसम्म ६३६ जनाको पोशण लेखाजोखा भएकोमा न्यून पोषण २७ जना र अधिक पोषण (over weight) –१४५ गरी जम्मा १८१ जनामा कुपोषणको अवस्था भेटिएको थियो भने ४५५ जना सामन्य अवस्थाका आमाहरु भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार