सुकुम्बासी तथा दोहोरो स्वामित्व समस्या समाधानबारे छलफल

पथरी।  पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा तथा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
आज नगर प्रमुख तुम्वापोको कार्यकक्षमा सम्पन्न बैठकमा पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका सुकुम्बासी, भूमिहीन तथा जग्गाको दोहोरो स्वामित्व सम्वन्धी समस्याका विषयमा विस्तृत छलफल गरिएको थियो ।
दोहोरो स्वामित्व (जग्गाधनी पुर्जावाला र हाल जग्गा हकभोग गर्ने पक्ष) बीच देखिएको विवाद समाधानका लागि सम्वन्धित पालिकाले स्थानीय राजनीतिक दल तथा सरोकारवालासँग आवश्यक छलफल गर्ने निर्णय गरिएको छ । छलफलबाट प्राप्त निष्कर्षलाई सम्वन्धित पालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
बैठकमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवाल, सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र बहादुर भण्डारी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार