कीर्तिपुर । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे वडा नं. ७ स्थित कीर्तिपुरमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरिएको थियो । कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले स्वागत मन्तव्य राख्दै सार्वजनिक सुनुवाईको उद्देश्य र औचित्यबारे प्रष्ट पारे । त्यसपछि कार्यक्रम विधिवत रुपमा सञ्चालन गरिएको थियो ।
सार्वजनिक सुनुवाईका क्रममा अधिकांश नागरिकले सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षा, कृषि, सडक तथा खानेपानीजस्ता पूर्वाधारसँग सम्बन्धित विषयमा प्रश्न तथा सुझाव राखेका छन् । उठेका प्रश्नहरूको जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, शिक्षा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल तथा कृषि शाखा प्रमुख सविना राई लगायतले दिए ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ७ का कार्यवाहक अध्यक्ष नरेश राई, वडा सदस्यहरू, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नगरवासीहरूको उपस्थिति रहेको थियो ।


10 पटक हेरिएको 






