सिकुटी भट्टी चुला वितरण

पथरी ।  मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को कार्यालयले ५ जना सुकुटी व्यवसायीहरुलाई सिकुटी भट्टी चुला वितरण गरेको छ ।
मंगलबार वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित रकमबाट सो व्यवसायमा थप सहयोग र हौसला पुगोस् भन्ने हेतुका साथ भट्टी चुला वितरण गरिएको वडा अध्यक्ष भीम राईले जानकारी दिए । चुला वितरण कार्यक्रममा कार्यपालिका सदस्य विरध्वज शिवा, वडा सदस्यहरु वसुन्धरा गुरुङ, आरती विश्वकर्मा, सुरेश कार्की, वडा सचिव मित्रकला चापागाई र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार