पथरीमा सहकारी शिक्षा अभिमुखिकरण

नगरको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर भित्र स्थापित सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष एकराज निरौलाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार