वकालत कार्यशाला

पथरी । `विश्व भरिको आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ वडा नं. १० समन्वय परिषद्ले एक कार्यक्रम सम्पन्न गरेको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा आदिवासी जनजाति क्षमता अभिवृद्धि तथा वकालत कार्यशाला सम्पन्न भएको हो । कार्यक्रम जेष्ठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको थियो ।
कार्यशालामा प्रशिक्षक गोपाल देवानले आदिवासी जनजातिको पहिचान, अधिकार, क्षमता विकास, नेतृत्व विकास तथा वकालत सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा सहभागीहरूलाई आदिवासी जनजाति समुदायका हक–अधिकार, संगठन सुदृढीकरण, नेतृत्व विकास र प्रभावकारी वकालतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार