पथरी नगर अस्पतालको विशेषज्ञ सेवा पुनः सञ्चालन

थरी । पथरी नगर अस्पताल (पथरी शनिश्चरे २)मा केही समयदेखि रोकिएको विशेषज्ञ सेवा आजदेखि पुनः सञ्चालन हुने भएको छ ।
मङ्गलबार नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको समितिको बैठकपछि उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका चिकित्सकहरूसँग भएको छलफलबाट विशेषज्ञ सेवा पुनः सञ्चालन गर्ने सहमति भएको हो । पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार बुधबार  बिहान ७ बजेदेखि पूर्ववत् रूपमा विशेषज्ञ सेवा सुरु हुनेछ । सेवा पुनः सञ्चालनसँगै स्थानीय नागरिकले विशेषज्ञ चिकित्सकीय परामर्श तथा उपचार सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
विशेषज्ञ सेवा अवरुद्ध हुँदा उपचारका लागि अन्य स्थान धाउन बाध्य भएका सेवाग्राहीलाई यस निर्णयले राहत पुग्ने विश्वास गरिएको छ । नगर अस्पतालले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार