अवैध गाँजाको बोट नष्ट

भोजपुर । जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।

साउन ०५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार