पथरी । कानेपोखरीमा पैदल यात्रीलाई ठ’क्क’र दिएर फरार रहेका गाडी र त्यसका चालकलाई प्रहरीले नि’य’न्त्र’णमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठ’क्क’र दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडी र त्यसका चालक प’क्रा’उ परेका हुन् ।
ठ’क्क’रबाट पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोविन्द लिम्बू गम्भीर घा’इ’ते भएका थिए । उपचारका क्रममा उनको मृ’त्यु भएपछि प्रहरीले सवारी ज्या’न सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो ।
इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका ५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन विभागको कार्यालयमा लुकाइछिपाइ राखिएको अवस्थामा गाडी फेला पारेको हो ।
गाडीसँगै त्यसका चालक सिराहाको सुखीपुर गाउँपालिका–८ बस्ने ४४ वर्षका राम उद्गार मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा नि’य’न्त्रणमा लिइएको छ । प’’ क्रा’उ परेका चालक र गाडीलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।-पथरी अबडेट


14 पटक हेरिएको 











