पथरी । १ सय १५ जनाबाट जापान पठाउने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने Gatsby International Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो। बुढाथोकीले Gatsby International Pvt. Ltd. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ। पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।


15 पटक हेरिएको 












