बेलबारी(मोरङ) । कवि तथा अनुवादक बादल चाम्लिङद्वारा अनूदित अंग्रेजी कविता संग्रह नाईटमेर ‘NIGHTMARE’ को एक कार्यक्रमका बिच लोकार्पण गरिएकाे छ।
साउन १६ गते शनिबार बेलबारीमा आयोजना भएकाे कार्यक्रममा प्रमुख अतिथि पूर्व संसद तथा वरिष्ट साहित्यकार हर्कमान तामाङ, समिक्षक डा. माेहन तुम्बाहाङ, कवि तथा अनुवादक बादल चाम्लिङ र संस्थाका अध्यक्ष रमेश निराैलाले संयुक्त रुपमा लाेकार्पण गर्नु गरेका हुन् । ‘कविताको अनुवादमार्फत भावनालाई नयाँ आयाम’ भन्ने मूल नाराका साथ आयोजना भएकाे कार्यक्रममा कृतिमाथि समीक्षा डा. माेहन तुम्बाहाङ र साहित्यकार ईरान राईले गरेका छन् ।
बेलबारी साहित्य विकास समितिले यस्ता साहित्यिक कार्यक्रमले स्थानीय स्रष्टाहरूलाई प्रोत्साहन गर्नुका साथै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय भाषासँग जोड्ने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेकाे छ ।
कार्यक्रममा साहित्यकार, कवि, लेखक, पाठक, सञ्चारकर्मी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे । कविता संग्रहमा अनुवादकर्ता बादल चाम्लिङ, ईरानराई, मिश्र बैजयन्ती, तिला लेकाली, जेबि थुलुङ, रेखा सुवेदी लगायत २८ जना कविकाे कवितालाई अनुवाद गरिएकाे कवि तथा अनुवादक बादल चाम्लिङले जानकारी दिए ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निराैलाकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई साहित्यकार जेबि थुलङले सञ्चालन गरेका थिए ।


27 पटक हेरिएको 












