पथरी (मोरङ) । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप-२०८३ अन्तर्गत आइतबारको खेल न्युरोड टिम (एनआरटी) काठमाडौं र सहलेस युवा क्लव सिराहाबिच हुदैछ ।
जातेमोड(पथरी)मा ३ बजेदेखि हुने प्रतियोगिता पथरी ११ फुटबल क्लबले आयोजना गरेको हो । शनिबार भएको उद्घाटन खेलमा आयोजक पथरी ११ एफसीलाई सडन डेथमा युकेएफसी कर्साङ भारत विजयी बन्यो । प्रतिकूल मौसमका बिच भएको खेल अवधिभर दुवै टिमबाट गोल हुन सकेन । ट्राइव्रेकरमा ४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिनुपरेको थियो । खेलको म्यान अफ द म्याच विजेता युकेएफसी भारतका गोल रक्षक सचिन गुरुङ घोषित भए । गुरुङले टाइव्रेकरमा २ गोल रोकेका थिए ।
प्रतियोगिताको विजेता टिमले ६ लाख, उपविजेता टिमले ३ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण हुने छ ।


29 पटक हेरिएको 











