पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपमा आज दोश्रो सेमिफाइनल खेल हुदैछ ।
बिहिवार एनआरटी र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । एनआरटीले सलहेस क्लब सिरहालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । पुलिसले रेड हर्ष ईलामलाई पछि पार्दै अघिल्लो चरणमा प्रवेश पाएको थियो ।
झापा ११ ले हिजो युकेएफसी कर्साङ भारतलाई पछि पार्यो । सेमिफाइनल खेलमा झापा ५-१ गोल अन्तरले विजयी बन्यो । खेलको म्यान अफ दि म्याच झापाका प्रताप राई घोषित भए । अब झापाको खेल असोज २४ गते हुनेछ । उसको स्पर्धी टिमको टुंगो आज लाग्नेछ ।


22 पटक हेरिएको 












