किरात याक्थुङ चुम्लुङ मोरङको अध्यक्षमा डम्बर कुरुम्बाङ निर्वाचित

माघ २४, पथरी (से.स.) । किरात याक्थुङ चुम्लुङ मोरङ्को अध्यक्षमा डम्बर कुरुम्बाङ निर्वाचित भएका छन।
माघ २२ र २३ गते बेलबारीमा भएको आठौं अधिबेशनले १४ सदस्यीय जिल्ला शाखा समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा कुल बहादुर हाङ्श्रोङ( पथरी ),सचिबमा बरुण लाबुण्ग(उर्लाबारी ), सह सचिवमा सन्तोष प्राङ्देन( कानेपोखरी) र कोषाध्यक्षमा अरुण निङ्लेखु(सुन्दर हरैचा) छन । त्यस्तै सदस्यहरु ज्योति हाङ्श्रोङ, मुना चोङ्बाङ, चन्द्र बहादुर पालुङ्वा, तिल बहादुर निङ्लेखु, दिपेन्द्र खजुम, दिल बहादुर थेबे, राम बहादुर खुदाङलाई निर्वाचित गरेको छ । त्यस्तै अधिबेशनले रास्ट्रीय चुम्लुङ सदस्यत्रय फिपराज बेघा, टेकबहादुर पन्धाक र गणेश पन्धाक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार