फागुन २३, काठमाडौँ । अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा फागुन २४ गते मङ्गलबार चुम्लुङहिम ललितपुरमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौँले ‘लिम्बू महिलाहरुको सार्वजनिक उपस्थिति र अवस्था’ बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
अन्तरक्रिया कार्यक्रममा वक्तहरु त्रिभूवान विश्वविद्यालयको सहप्रध्यापक बालकृष्ण माबुहाङ, अधिवक्ता अमृता थेबे र सहजकर्ता सञ्चारकर्मी अरुणा लिम्बू रहेका छन् ।
कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुने आयोजक समितिको अध्यक्ष सङ्गीता सुहाङले जानकारी गराएकी छिन् ।


264 पटक हेरिएको 









