नेपालमा आदिवासी जनजातीको मौलिक पहिचानको सवालमा Top down कि Bottom up दृष्टिकोण ?

विश्वभरी, दुई वर्ष भन्दा बढि समय मानव जातिमा भय र त्रास उत्पन्न गराएको COVID–19 को त्रासबाट संसार मुक्त हुन नपाउँदै हालै रसिया र युक्रेन बीच सुरु भएको युद्धले फेरी एक पटक संसारमा मानव जातिमाथि युद्धबाट हुने नकारात्मक असरहरुका कारण सामाजिक र मानसिक रुपमा अर्को भय र त्रास सुरु भएको छ । कोरोना भाइरसको संक्रमण र यसको उत्परिवर्तन प्राकृतिक घटनाहरु हुन् जुन मानव नियन्त्रण भन्दा बाहिर रहन्छ तर सामाजिक द्वन्द, युद्ध आदि मानव सृजित घटनाहरु हुन् जुन मानव नियन्त्रित घटनाहरु हुन् । शायद प्रकृतिको आफ्नै उत्कृष्ठ नियमहरु (Laws of nature) छन्, जसले मानव सृजित भाष्यहरु; सर्वोच्च कमाण्डर, सर्वोच्च अदालत, परमादेश, नेता, धनी, गरिब, क्रान्ति, राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि केही पनि बुझ्दैन ।

प्रकृतिको नियमलाई न कुनै सर्वोच्च अदालतको परमादेशले रोक्न सक्छ न कुनै शक्ति राष्ट्र मात्र होइन सर्वशक्ति राष्ट्रको भिटो (Veto) ले नै रोक्न सक्छ । समाजमा प्रचलित नियम कानुनहरु समाज, सरकार र राज्यद्वारा अर्थात् मानव निर्मित दस्तावेजहरु हुन् यसमा वर्चश्वशाली र प्रभुत्वशाली समुदायको वा व्यक्तिको दृष्टिकोण, बिश्वास र चाहनाको प्रभाव रहन्छ । मानव समाजमा वर्चश्वशाली र प्रभुत्वशालीबाट नै आफ्नो चाहना बमोजिम सामाजिक नियमहरु र विश्व दृष्टिकोण बन्ने गर्दछ । निम्न दुइ, प्राचिन चिनिया दार्शनिक र युरोपियन दार्शनिकको भनाईहरु मनन् योग्य छ । “The more laws and order are made prominent, the more thieves and robbers there will be” – Lao Tzu, and “In truth, laws are always useful to those with possessions and harmful to those who have nothing”…….. – Jean Jacques Rousseau.

वर्तमान नेपालको सन्दर्भमा, सबै अल्पसंख्यकहरुको राष्ट्र भईकन पनि यहाँका आदिवासी÷मुलबासी, जनजातीले आफ्नै भूमिमा आफ्नो रीतिरिवाज, भाषा, संस्कृति र मौलिक पहिचानको निमित्त आवाज उठाईरहनु पर्ने वर्तमान अवस्थामा, आफ्नो मौलिक पहिचान स्थापनार्थ आदिवासी/मुलवासी, जनजातीले Top down दृष्टिकोण रोज्ने कि Bottom up दृष्टिकोण रोज्ने भन्ने प्रशंगको चर्चा गर्नु अगाडि वर्तमान रसिया र युक्रेन बीच भईरहेको युद्ध सन्धर्भमा The New York Times (2022); March 12,13 मा प्रकाशित David Brooks को This is why Putin can’t backdown भन्ने शिर्षकको विचार लेख बुझ्न सान्दर्भिक हुन्छ, जहाँ रसिया र युक्रेन बीचको युद्ध भूमिको लडाईं नभएर Identity र Status को युद्ध हो भनेर विचार व्यक्त गरिएको छ ।

रसियनहरुमा विश्वका अन्य मुलुकहरु भन्दा बिशेष (Unique and superior) मुलुकमा बसोबास गरिरहेको भावना छ र उक्त भावनालाई राष्ट्रपति पुटिनले आत्मसात गरेका छन् भन्ने कुरा The Red Mirror भन्ने पुस्तकमा वर्णन गरिएको कुरा उक्त विचार लेखमा उल्लेख छ । राष्ट्रपति पुटिनले ब्यक्त गरेका विचार, जस्तै ‘ रसिया नरहे संसार रहेर मात्र के हुन्छ ’ आदि र उनले आत्मसात गरेको रसियन राष्ट्रिय भावना बाट के बुझ्न सकिन्छ भने राष्ट्रपति पुटिनले संसारलाई भन्दा बढि महत्व आफ्नै देश रसियालाई दिईरहेका छन् । यो Bottom up approach (दृष्टिकोण) को एक उत्कृष्ट उदाहरण हो ।
संसारमा प्रचलित Bottom up दृष्टिकोण र Top down दृष्टिकोण दुवै आफैँमा असल र खराब भन्ने हुँदैन, दुवै दृष्टिकोणको आफ्नै विशेषताहरू छन् । यो लेख मार्फत उठाउन खोजिएको विषय के मात्र हो भने, वर्चश्वशाली र प्रभुत्वशाली समुदाय वा वर्गले राज्यमा कुन दृष्टिकोण अपनाईरहेको छ भन्ने कुरा बहस, अध्ययन र विश्लेषणको बिषय बन्न सक्तछ । नेपालको सन्दर्भमा, जनता निरीह रहेको राणाकालिन र पञ्चायतकालिन नेपालमा निसन्देह रुपमा Top down approach (दृष्टिकोण) अवलम्बन गरिएको थियो । राज्य संयन्त्र, शासन र हुकुम केन्द्रिकृत थिए, माथि केन्द्रबाट तल(Top down) शाशन हुन्थ्यो, यो अवस्थामा नेपालका आदिवासी÷मुलवासी र जनजातिले आफ्नो आवाज उठाउन सक्ने स्थिती थिएन, आफ्नो मौलिक पहिचानलाई राज्यको मूलधारमा ल्याउन असम्भव नै थियो । एक तन्त्रीय जहानिय राणाकालिन नेपालमा माथि केन्द्रबाट जारी हुने हुकुम, प्रमांगीको आधारमा राज्य सञ्चालन हुने गर्दथ्यो, जसको कारण नेपालका आदिवासी/मुलवासी र जनजातिले आफ्नो धेरै मौलिक पहिचान गुमाए, हिन्दुकृत हुन पुगे, आफ्नो मातृभाषा बिर्सन लागे । परिणाम स्वरूप जाती, भाषा र संस्कृतीले विविद्यता युक्त नेपालमा एकल खस आर्य पहिचान बर्चश्वशाली बन्न पुग्यो । जनतामा पलाएको चेतना, जनबिद्रोह, जनक्रान्ति आदि Bottom up approach को परिणाम राणाकालिन जहानिया शाशन समाप्त भयो । शासन परिवर्तन भयो तर निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात सँगै फेरि पनि एकल जातीय बर्चश्वतालाई नै निरन्तरता दिईयो । अनेक राजनैतिक नाराहरु सृजित भए, जसले वर्चश्वशाली र प्रभुत्वशालीहरुको पहिचानलाई अझ मजबुत बनाउन Top down model को निर्दलीय शाशन व्यवस्थालाई सघाऊ पुग्यो । पञ्चायतकालिन नेपालमा सृजित अनेक राजनितीक कथ्यहरु (Political narratives), गीतहरु र राष्ट्रिय बिम्बहरु मार्फत नेपाल राज्यलाई माथि बाट तल हेर्ने (Top down) दृष्टिकोणलाई अझ मजबुत पारियो, फलस्वरूप यहाँको विविद्य विशेष गरेर आदिवासी÷मुलवासी र जनजातीको भाषा, संस्कृती र सभ्यताको अस्तित्व र पहिचान झनै फिक्का हुन पुग्यो ।
बदलिँदो विश्व परिवेश सँगै बदलिँदो जनचेतना र जनताको निर्दलीय व्यवस्थाप्रतिको विकर्षण र बहुदलीय शासन पद्धति प्रतिको झुकाव र विभिन्न राजनैतिक पार्टी÷दल हरुको सक्रियताको कारण पञ्चायतकालिन युग समाप्त भयो र इतिहासको घटना क्रमहरु सँगै जनयुद्ध, जनविद्रोह र जनआन्दोलन मार्फत संघीय गणतन्त्र नेपाल संविधान त स्थापित हुन पुग्यो । तल जनस्तरबाट हुने क्रान्ति, बिद्रोह, आन्दोलन द्वारा माथि शासन प्रणाली/पद्धति परिवर्तन गर्न सक्ने Bottom up approach मार्फत संसारमा ठुला ठुला राजनैतिक परिवर्तनहरु हुने गर्दछन् तर तल जनस्तरमा उठेका विशिष्ट (Specific) मुध्दाहरु माथि राज्यमा पुगे पछि सामान्यकृत (Generalized) हुने गर्दछ । जनस्तरमा उठेका जनचाहना बमोजिमका विशिष्ट मुध्दाहरुलाई कसरि सम्बोधन गर्ने भन्ने कुरा राज्यको राजनैतिक कुशलता, इमान्दारिता, दुरदर्शिता र दृढ संकल्पमा निर्भर गर्दछ । नेपाल जस्तो विविद्य जाति, भाषा, संस्कृती र सभ्यताहरुको सम्मिश्रणले बनेको इन्द्रेणी राष्ट्रमा सबै जाति, भाषा, संस्कृती र सभ्यताले राज्यमा आफ्नो प्रतिबिम्ब र पहिचान खोज्नु स्वाभाविक हो । नेपालमा शासन पद्धति र राजनैतिक प्रणालीहरु परिवर्तन भए तर वर्चश्वशाली समुदायको एकल जातीय Top down model को शासकीय दृष्टिकोण र यहाँका आदिवासी÷मुलवासी र जनजातिको राजनीतिमा फितलो भोट बैंकको रुपमा मात्र उपस्थितिका कारण नेपाल र नेपालीको पहिचानलाई सामान्यकृत (Generalized) गरिएको छ । नेपाली र नेपालीपनको ठोस परिभाषा (यहाँका सबै जाती, भाषा र संस्कृतीलाई समेट्ने) छैन ।

इतिहासक्रममा, संघीय नेपालको जन्म सँगै प्रत्येक संघीय प्रदेशहरुको नामंकन गर्ने अधिकार सम्बन्धित प्रदेशशभालाई नै दियिएको छ । प्रदेश सभा अधिकार सम्पन्न भइकन पनि तत्कालिन प्रदेश नं ३ को नामांकन Top down approach बाट बागमती प्रदेश रहन गयो । तत्कालिन प्रदेश नं २ मा भने त्यउ मयधल बउउचयबअज ले स्थान पाउन सकेन र सोहि प्रदेशका जनता र जनप्रतिनिधीहरुको चाहना बमोजिम Bottom up approach मार्फत (पार्टी निर्देशन बिपरित केहि प्रदेश सभा सदस्यहरुले floor cross गरेको र प्रदेशको नाम सोही प्रदेशवासीहरुको चाहना बमोजिम भएको) पहिचान झल्कने मधेश प्रदेश रहन गयो िजाती, भाषा, संस्कृती र ऐतिहासिक पृष्ठभूमिमा बिशेष रहेको प्रदेश नं १ भने Top down approach र Bottom up approach बिचको अनिर्णित द्वन्दका कारण अझै पनि ‘ प्रदेश नं १ ‘ नै रहेको छ ।

केन्द्रिकृत र सामान्यकृत (Generalized) गरिएको नेपाल र नेपालीपनको नजरबाट प्रदेश नं १ को विशिष्ट (Specific) पहिचान देख्न र बुझ्न सकिँदैन िप्रदेश नं १ ले पहिचान झल्कने नाम पाउन Bottom up approach आवश्यक भईसकेको कुरा घटना क्रमहरुले देखाईसकेको छ Bottom up दृष्टिकोणबाट संघीय राज्यहरु÷प्रदेशहरु मजबुत हुने र देश सक्षम हुन सक्तछ भन्ने कुरा शक्ति राष्ट्र अमेरिकाका दुइ राष्ट्रपतिहरु Barack Obama र Donald Trumph को निम्न भनाइहरु; “ I was elected because I believed in what we call grass roots politics, politics from the bottom up, not the top down “ and “ I don’t think top down works in America “ बाट पनि बुझ्न सकिन्छ ।
नेपाल जस्तो विविद्य जाती, भाषा, संस्कृती, सभ्यता र इतिहासको सम्मिश्रण भएको मुलुकमा प्रत्येक जाती, भाषा, संस्कृती र सभ्यताहरुको आआफ्नै विशिष्ट (Specific) अस्तित्व र पहिचानहरु छन् । वर्तमान नेपाल राज्यको जन्म हुनु भन्दा पहिले देखि नै यहाँ विविद्य जाती, भाषा, संस्कृती र सभ्यताको अस्तित्व थियो, यसैलाई Bottom up दृष्टिकोणबाट हेर्दा विविद्य जाती, भाषा, संस्कृती र सभ्यताको सम्मिश्रणबाट नै नेपाल राज्य बनेको हो । उदाहरण; परापूर्व काल देखि नै लिम्बू (याक्थुङ) हरु यस भूमिमा बसोबास गरिरहेका थिए, नेपाल राज्यको स्थापना भएपछि मात्र उनीहरु अस्तित्वमा आएका होइनन् । निष्कर्षमा भन्नु पर्दा, नेपाल राज्यको जातीय, भाषिक, सांस्कृतिक र ऐतिहासिक विविद्यताहरुको विशिष्ट अस्तित्व र पहिचानलाई उचित सम्बोधन गर्दै विश्व समुदायमा सवल र सक्षम ‘ नेपाल ’ चिनाउन Bottom up दृष्टिकोणको सान्धर्भिकता धेरै महत्वपूर्ण देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार