‘सिसेक्पा तङ्नाम’ बारे वक्तित्व कला प्रतियोगिता

असार २५, काठमाडौँ । याक्थुङ लिम्बु समुदायले परापूर्वकालबाट मनाउँदै आएको चाड ‘सिसेक्पा तङ्नाम’(साउने संक्रान्ति)को अवसरमा युवाहरुको लागि वक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।
मौलिक चाडपर्व बारे प्रचारप्रसार गर्न साथै सांस्कृतिक पर्वको निरन्तरता र युवा पुस्ताहरुमा पुस्तान्तरण गर्दै सांस्कृतिक जागरणको निम्ति ‘सिसेक्पा तङ्नाम’ शिर्षकमा वक्तित्वकला प्रतियोगिता आयोजना भएको आयोजक सदस्य संस्था याक्थुङ युवा मञ्चको उपाध्यक्ष रञ्जला तेयुङले जनाइन् ।
काठमाडौँ उपत्यकाबासी लिम्बू समुदायहरुले सामुहिक रुपमा भेला भएर विभिन्न चाड पर्वहरु मनाउने गर्दछन् । हरेक वर्ष सिसेक्पा तङनाम भने ललितपुर चुम्लुङहिममा आयोजना हुँदै आएको छ । यस वर्ष पनि कियाचु, लिम्बू सांस्कृतिक परिषद्, फक्ताङलुङ सयङ, याक्थुङ युवा मञ्च, लिम्बू विद्यार्थी मञ्च लगायत लिम्बुजन्य संघ संस्थाहरूको संयुक्त आयोजनामा साउन एक गते सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

शिर्षक ः ’सिसेक्पा तङ्नाम’
मिति ः २०७९ साउन १ गते
समय ः ११ः०० बजे
स्थान ः चुम्लुङहिम, ललितपुर ।
कार्यक्रममा सहभागी वक्ताले ध्यानदिनु पर्ने कुराहरुः
१. प्रतियोगी वक्ताको उमेर २५ वर्ष मुनिको हुनुपर्ने छ । वक्ताले सहभागी हुन आउदा अनिवार्य नागरिकताको फोटोकपी वा उमेर खुल्ने आइडी कार्ड ल्याउनु पर्ने छ ।
२. प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
३. वक्ताले बोल्ने समय ५ मिनेट निर्धारित गरिएको छ । ४ मिनेटमा जनाउ घण्टी बज्छ ५ मिनेटमा आफ्ना सम्पुर्ण कुरा सक्नु पर्ने छ ।
४. सहभागी वक्ताहरुले लिम्बू, नेपाली, अग्रेजी तीन मध्ये जुनै भाषामा प्रस्तुत गर्न सक्ने छ ।
५. सहभागिताको लागि अन्तिम नाम दर्ता मिति २०७९ असार ३२ गतेसम्ममा सम्बन्धित व्यक्तिहरुसँग नाम दर्ता गरिसक्नु पर्नेछ ।
नाम दर्ताको लागि सम्पर्क न. ः
रन्जुला तेयुङ लिम्बू 9843708983
संगीता सुहाङ 9814010690
कियाचु न. 01-5171049

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार