लिम्बुवानले शिवसताक्षीमा कार्यक्रम गर्ने

शिवसताक्षी (झापा) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले शिवसताक्षी नगरपालिका वडा नम्बर १ फुलबारी सभा हल झापामा कार्यक्रम गर्ने भएको छ ।

अशोज १ गते विहान ११ गतेदेखि हुने कार्यक्रममा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्रीय कार्य समिति अन्तर्गत भातृ संगठन गठन हुने भएको छ । संघीय लिम्बुवान महिला मञ्च, संघीय लिम्बुवान युवा मञ्च, संघीय लिम्वुवान भुपू सैनिक मञ्च र संघीय लिम्बुवान साँस्कृतिक कलाकार मञ्च गठन हुने वताइएको छ । विविध साँस्कृतिक झाँकीसहित सम्पन्न हुने कार्यक्रम सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा हुने मञ्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार